15
Shares
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाउनुभएकाे छ ।
सभापति लामिछानेले सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा सोमबार बिहान ९ बजे बस्ने गरी सर्वदलीय बैठक बोलाउनुभएकाे हाे । समसामयिक राजनीतिका विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरिएको रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयाे।
बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबाट पार्टी अध्यक्ष र सभापतिसहित दुई जना सहभागी हुन आमन्त्रण गरिएको उहाँले बताउनुभएकाे छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया