प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित

45 Shares

काठमाडौं । प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

आइतवार प्रतिनिधि सभा नियमावाली माथि छलफल जारी रहेको थियो । छलफलका क्रममा प्रतिपक्ष दलहरुले असहमति जनाउँदै वेल घेराउ गरे ।

सभामुख डोलप्रसाद अर्यालले कारबाही अघि बढाइराखे । उनले सबै सदस्यहरूलाई आ–आफ्नो आसनमा बसेर सभाको गरिमा र अनुशासन कायम गर्न पटक–पटक निर्देशन दिए । प्रतिपक्ष दलहरुले सभामुख निष्पक्ष नभएको आरोप लगाउँदै प्रतिपक्ष दलहरुले संसद अवरुद्ध जारी राखे ।

संसदमा जारी अवरोध र होहल्लाका बीच सभामुख अर्यालले बैठकलाई सुचारु गर्न प्रयास गरे पनि वातावरण सहज नभएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको घोषणा गरे । अब १५ मिनेटपछि पुनः बैठक बस्ने गरी स्थगित भएको छ ।