धवलशमशेर राणाले छाडे राप्रपा, नयाँ अभियान अघि बढाउने घोषणा

107 Shares

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता डा. धवलशमशेर राणाले पार्टी परित्याग गर्दै विश्वसनीय राष्ट्रवादी शक्ति निर्माण गर्ने नयाँ राजनीतिक अभियान अघि बढाउने घोषणा गरेका छन्।

राणाले आइतबार सार्वजनिक गरेको वक्तव्यमा शुभेच्छुक, सहयोद्धा र सहयात्रीहरूको राय–सुझावका आधारमा आगामी राजनीतिक बाटो तय गर्ने निर्णय गरेको उल्लेख गरेका छन्।

डा. राणाले देशभित्र र विदेशमा रहेका नेपालीबाट प्राप्त सुझाव तथा शुभेच्छालाई आधार मानेर समयको पदचाप र जनभावना अनुरूप अघि बढ्ने बताएका छन्। उनले राप्रपामा रहँदा चार वर्षसम्म पार्टीलाई जनभावनाअनुकूल अघि बढाउने प्रयास गरे पनि सैद्धान्तिक द्विविधा र विरोधाभाषका कारण अपेक्षित दिशामा अघि बढ्न नसकेको दाबी गरेका छन्।