संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. धनेश्वर नेपालले दिए राजीनामा

114 Shares

काठमाडौं ।

संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. धनेश्वर नेपालले पदबाट राजीनामा दिएका छन्।

उनले शुक्रबार राजीनामा दिएको जानकारी दिँदै २२ गतेबाट लागू हुनेगरी निर्णय गरिएको बताएका छन्। २१ गते विश्वविद्यालयमा बिदाइ कार्यक्रम आयोजना गरिनेछ।

सरकारले विश्वविद्यालयका पदाधिकारी हटाउने उद्देश्यले अध्यादेश सिफारिस गरेपछि विभिन्न विश्वविद्यालयका पदाधिकारीहरूले धमाधम राजीनामा दिन थालेका छन्। यसअघि त्रिभुवन विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारले पनि पद त्याग गरिसकेका छन्।

उल्लेखनीय छ कि धनेश्वर नेपाललाई २०८१ पुस ७ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उपकुलपतिमा नियुक्त गरेका थिए। हाल राष्ट्रपति समक्ष पेश गरिएको अध्यादेशमाथि अध्ययन भइरहेको छ।