काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बोलाएको बागमती प्रदेशस्तरीय छलफल सकिएको छ । देश र पार्टीको पछिल्लो राजनीतिक अवस्थाका विषयमा आफ्नो समूहको रणनीति बनाउन कोइरालाले सुझाव लिन भन्दै यो छलफलको आयोजना गरेको निकटस्थले बताएका छन् ।
बालुवाटारस्थित ओपेरा होटलमा भएको छलफलमा कांग्रेसका प्रभावशाली नेताहरूसहित बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने पूर्व केन्द्रीय सदस्य, जिल्ला सभापती र पूर्वसभापति, सांसद, पूर्वसांसद, प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको सहभागिता थियो ।
छलफलमा सहभागीहरूले १५ औं महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण भइसकेको अवस्थामा पुन: अध्यावधिक गर्न नहुने भन्दै त्यसमा अडान लिन सुझाव दिएका छन् ।
यस्तै विशेष महाधिवेशनकै कारण पार्टीमा एकता कायम हुन नसकेको अधिकांश नेताले बताएका छन् ।
छलफलमा डा. शशांक कोइराला, बलबहादुर केसी, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, एनपी साउद, दीपक गिरी, सञ्जय गौतम, शिव हुमागाईँ, राजीव कोइराला, टेकप्रसाद गुरुङ, उमेशजंग रायमाझी, डा. गोविन्दराज पोखरेल, किरण यादव, गणेश लामा सहभागी थिए ।
यस्तै संघीय सांसद डा. चन्द्रमोहन यादव, उर्मिला थपलिया र गीता देवकोटा पनि सहभागी थिए ।
यस्तै कांग्रेस बागमती प्रदेश समिति महामन्त्री राजु श्रेष्ठ, सहमहामन्त्री जीवन डंगोल, सदस्यहरू उपेन्द्र लम्साल, शान्ता क्षेत्री, होम चौलागाईँ, नानु दाहाल, सुनिता काफ्ले, अस्मिन सिटौला सहभागी थिए ।
यस्तै धादिङका जिल्ला सभापति रामनाथ अधिकारी, नुवाकोटका जिल्ला सभापति सभापति रमेश महत, चितवन जिल्ला सभापति राजेश्वर खनाल, मकवानपुरका जिल्ला उपसभापति धर्म लामिछाने, सिन्धुलीका जिल्ला सचिव ईश्वर बस्नेत, काठमाडौं महानगर सभापति निलकाजी शाक्य सहभागी रहेको कोइरालानिकट स्रोतले जानकारी दियो ।
यस्तै बागमती प्रदेश सांसद रामकृष्ण चित्रकार र हरिप्रभा खड्गी, पूर्व प्रदेश सांसद नरोत्तम वैद्य र बिजुला बर्मा, कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोल, तरुण दलका पूर्व केन्द्रीय सभापति विनोद कायस्थ, नेता लोकेश ढकाललगायत १२३ जना सहभागी रहेको कोइरालाको सचिवालयले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया