यूएईविरुद्ध नेपाल दबाबमा, २५ ओभरमा ५ विकेट गुमाउँदै १०७ रन

124 Shares

काठमाडौं — ICC Cricket World Cup League 2 अन्तर्गत कीर्तिपुरमा जारी यूएईविरुद्धको खेलमा नेपाल दबाबमा देखिएको छ।

टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान मा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २५ ओभर सकिँदा ५ विकेट गुमाएर १०७ रन बनाएको छ।

नेपालका लागि ओपनर आसिफ शेख ७ रनमै आउट भए। कुशल भुर्तेल ले २४ रन बनाए भने भीम शार्की १० रनमा आउट भए। कप्तान रोहित पौडेल २ रनमै पेभेलियन फर्किए भने बसिर अहमद ले २० रनको योगदान दिए।

हाल क्रिजमा उपकप्तान दीपेन्द्र सिंह ऐरीआरिफ शेख ब्याटिङ गरिरहेका छन्।

यूएईका बलरमध्ये खुजाइमा तनभीरअजय कुमार ले समान २–२ विकेट लिए भने हैदर अली ले १ विकेट हात पारेका छन्।