लोहिया स्मृति व्याख्यानमा सहभागी हुन बाबुराम भट्टराई भारत जाने

114 Shares

काठमाडौं ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत जाने भएका छन्।

चैत २९ गते आइतबार भट्टराई भारतस्थित आईटीएम विश्वविद्यालयमा आयोजना हुने ‘डा. राममनोहर लोहिया स्मृति व्याख्यान’ कार्यक्रममा प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन्। उनीसँगै पूर्वमन्त्री हिसिला यमि पनि कार्यक्रममा सहभागी हुनेछिन्।

उक्त कार्यक्रम डा. भीमराव अम्बेडकरको जन्मजयन्तीको अवसरमा विगत ११ वर्षदेखि आयोजना हुँदै आएको हो। यस वर्षको कार्यक्रम वैशाख १ गते हुने तय भएको छ।

भारत भ्रमणका क्रममा भट्टराई वैशाख २ गते साउथ एसियन युनिभर्सिटी, नयाँ दिल्लीमा आयोजना हुने कार्यक्रममा पनि प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन्।

उनको सचिवालयका अनुसार भट्टराई वैशाख २ गते साँझ नै नेपाल फर्किने कार्यतालिका रहेको छ।