प्रतिनिधिसभामा रुबीकुमारी ठाकुर उपसभामुख निर्वाचित

134 Shares

काठमाडौँ — प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन्।

शुक्रबार सम्पन्न निर्वाचनमा राप्रपाकी सरस्वती लामालाई पराजित गर्दै ठाकुर निर्वाचित भएको सभामुख डीपी अर्यालले सभालाई जानकारी गराउनुभयो।

निर्वाचनमा उनलाई श्रम संस्कृति पार्टीसँगै सत्तारुढ दल रास्वपा, नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को समर्थन रहेको थियो। राप्रपाले भने एकल रूपमा प्रतिस्पर्धा गरेको थियो भने नेकपा एमालेले मतदान प्रक्रियामा भाग लिएन।

आजको बैठकमा २५६ सांसद उपस्थित थिए। तीमध्ये रुबीकुमारी ठाकुरको पक्षमा २२९ मत, विपक्षमा ५ मत र २२ जना तटस्थ रहेका थिए। राप्रपाकी सरस्वती लामाको पक्षमा जम्मा ५ मत परेको थियो।