राष्ट्रिय सभाका चार समितिका सभापतिहरुले शपथ ग्रहण गरे

122 Shares

काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गत चार वटा संसदीय समितिका सभापतिहरुले बुधबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्।

संघीय संसद सचिवालयले आयोजना गरेको समारोहमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल को समक्ष उनीहरूले शपथ लिएका हुन्।

निर्वाचित सभापतिहरू यस प्रकार रहेका छन्:

  • कृष्णप्रसाद पौडेल – विकास, आर्थिक मामिला तथा सुशासन समिति
  • कृष्णबहादुर रोकाय – विधायन व्यवस्थापन समिति
  • जयन्तीदेवी राई – संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति
  • पूजा चौधरी – सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति

मंगलबार समितिको बैठकले उनीहरूलाई निर्विरोध सभापति पदमा निर्वाचित गरेको थियो। शपथग्रहण समारोहमा राष्ट्रिय सभा उपाध्यक्ष लिलाकुमारी भण्डारी, राष्ट्रिय सभाका सदस्यहरू र अन्य उच्च अधिकारीहरूको पनि सहभागिता रहेको थियो।