सन् २०२७ का लागि ट्रम्पको बजेट प्रस्ताव : रक्षा खर्च ४४ प्रतिशत बढाउँदै

117 Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२७ को बजेटमा रक्षा खर्च बढाएर एक ट्रिलियन ५०० बिलियन डलर प्रस्ताव गरेका छन् । यो पछिल्लो दशकमा सबैभन्दा ठूलो रक्षा खर्चको प्रस्ताव हो । यसले राष्ट्रपति ट्रम्पको प्राथमिकता अमेरिकी सैन्य लगानीमाथि केन्द्रित रहेको देखाउँछ

यो रक्षा खर्चमा करिब ४४ प्रतिशतको वृद्धि अपेक्षित छ । बजेट निर्देशक रस्सल भौग्टले राष्ट्रपति ट्रम्पको प्राथमिक उद्देश्य राष्ट्रिय सुरक्षा संरचनामा पुन: लगानी गर्नु रहेको बताए । यसले अमेरिकालाई खतरनाक विश्वमा सुरक्षित राख्न मद्दत गर्ने उनले बताएका छन् ।राष्ट्रपतिको वार्षिक बजेट प्रशासनको मूख्य प्राथमिकता देखाउने दस्तावेज हो, तर यसले कानुनी शक्ति राख्दैन ।

यस वर्ष बजेट दस्तावेजले राष्ट्रपति र कंग्रेसबीच मार्गचित्रको काम गर्ने उद्देश्य राखेको छ । कंग्रेसले आफ्नै बजेट र वार्षिक विनियोजन विधेयक तयार गर्ने क्रममा यसलाई मार्गदर्शनको रूपमा प्रयोग गर्न ।