137
Shares
एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता पाम बोन्डीलाई पदबाट हटाउनुभएको छ।
शुक्रबार ट्रुथ सोसलमार्फत जानकारी दिँदै ट्रम्पले बोन्डीको कामको प्रशंसा गर्दै उनी निजी क्षेत्रमा नयाँ भूमिका सम्हाल्ने बताउनुभएको हो।
न्याय विभागको नेतृत्व गर्दा बोन्डीको कार्यकाल विशेषगरी जेफ्री एपस्टिन प्रकरणसम्बन्धी दस्तावेज सार्वजनिक गर्ने विषयमा विवादित बनेको थियो।
गत मार्चमा क्रिस्टी नोएमलाई गृह सुरक्षा प्रमुखबाट हटाइएपछि बोन्डी ट्रम्प प्रशासनबाट हटाइने दोस्रो उच्च अधिकारी बनेकी छन्।
बोन्डीको स्थानमा सहायक महान्यायाधिवक्ता टोड ब्लान्चेलाई नियुक्त गर्ने तयारी गरिएको बताइएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया