काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाही ले बालेन्द्र शाह नेतृत्वको सरकारलाई जनताको आशाको दियो बन्न सुझाव दिनुभएको छ।
बिहीबार प्रतिनिधिसभा बैठकमा धारणा राख्दै उहाँले विगतका कमजोरी नदोहोऱ्याई जनताका आवाज सुन्ने शासन सञ्चालन गर्नुपर्ने बताउनुभयो। सत्ता केवल सञ्चालनको संयन्त्र मात्र नभई जनताको आशा, भरोसा र भविष्यको प्रतीक बन्नुपर्ने उहाँको भनाइ थियो।
शाहीले सरकार सही दिशामा अघि बढे आफूहरूले सहयोग गर्ने तर गलत बाटोमा गए नियन्त्रण गर्न सक्ने चेतावनी पनि दिनुभयो। “दियो डढेलोमा परिणत नहोस्, यदि त्यस्तो प्रयास भयो भने त्यसलाई निभाउने साहस हामीसँग छ,” उहाँले भन्नुभयो।
उहाँले आवश्यक परे राप्रपाले दुई तिहाइ बहुमत जुटाउन पनि सहयोग गर्ने उल्लेख गर्दै प्रदेश खारेज र संवैधानिक राजतन्त्रसहित संविधान संशोधन गर्ने भए आफ्नो पार्टी सहयोग गर्न तयार रहेको बताउनुभयो
फेसबुकबाट तपाईको प्रतिक्रिया