काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि संघीय संसद्को पहिलो अधिवेशन बिहीबारदेखि सुरु हुने भएको छ।
सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय कक्षमा दिउँसो २ बजे प्रतिनिधिसभाको बैठक बस्नेछ। राष्ट्रपति रामचन्द्र पौडेल ले मन्त्रिपरिषद्को सिफारिसमा संविधानबमोजिम संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको हो।
संसद् सचिवालयका अनुसार बैठक सञ्चालनका लागि आवश्यक भौतिक, सुरक्षा, प्राविधिक तथा जनशक्ति तयारी पूरा भइसकेको छ। राष्ट्रियसभा बैठक भने संसद् सचिवालयस्थित आफ्नै कक्षमा बस्नेछ। संविधानअनुसार निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र अधिवेशन बोलाउनुपर्ने व्यवस्था छ।
निर्वाचन आयोगले चैत ५ गते राष्ट्रपतिसमक्ष निर्वाचन प्रतिवेदन बुझाएको थियो। २७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीको बहुमतसहित विभिन्न दलहरूको प्रतिनिधित्व रहेको छ।
आजको बैठकमा गृहमन्त्री सुधन गुरुङ ले तीन अध्यादेश—
त्यसअघि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान तथा सरकार गठनसम्बन्धी पत्रहरू पढेर सुनाउनुहुनेछ।
बैठकको अन्त्यमा पूर्वसांसदहरूको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गरिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया