काठमाडौं । संघीय संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक शुरु भएको छ।
रामचन्द्र पौडेल ले बिहीबार अपराह्न २ बजे संघीय संसदको बैठक आह्वान गरेपछि त्यसको तयारीबारे छलफल गर्न बैठक बोलाइएको हो।
बैठकमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसी सहित सबै दलका प्रतिनिधिहरू सहभागी भएका छन्। नयाँ संसदले सभामुख र उपसभामुख चयन गर्नुपर्नेछ।
संघीय संसदको प्रतिनिधिसभामा कुल २७५ सदस्य रहेका छन्। तीमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी ले १८२ सिट जितेको छ भने नेपाली कांग्रेस ले ३७, नेकपा एमाले ले २५, नेपाल कम्युनिस्ट पार्टी ले १७, श्रम संस्कृति पार्टी ले ७ र राष्ट्रिय प्रजातन्त्र पार्टी ले ५ सिट जितेका छन्।
बिहीबार बस्ने संसद बैठकलाई कसरी अघि बढाउने भन्ने विषयमा आजको सर्वदलीय बैठकमा छलफल भइरहेको छ। बैठकमा सरकारका प्रतिनिधिहरू पनि सहभागी छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया