रोशी खोलामा पानी बढेपछि बीपी राजमार्ग अवरुद्ध

180 Shares

काठमाडौं । बीपी राजमार्ग अन्तर्गत काभ्रेपलान्चोक सडक खण्डमा सवारी आवागमन बन्द गरिएको छ।

निरन्तर वर्षाका कारण रोशी खोला मा पानीको सतह बढेपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोक का सूचना अधिकारी रविन विस्ट (डीएसपी) का अनुसार यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै यस्तो निर्णय गरिएको हो।

सडकको अवस्थाबारे थप जानकारी लिन १०० र १०३ नम्बरमा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ।