काठमाडौं । काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी छवि रिजाल लाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय गरिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौं का अनुसार पक्राउपछि उनलाई हाजिरी जमानीमा छाडिएको हो।
जेनजी आन्दोलनका बेला काठमाडौंका सीडीओ रहेका रिजालमाथि भदौ २३ र २४ गते भएको आन्दोलनमा दमन गरेको आरोप लागेको थियो। सो घटनासम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले उनीमाथि कारबाही सिफारिस गरेको थियो।
उक्त सिफारिसकै आधारमा आज बिहान अपराध अनुसन्धान कार्यालय को टोलीले उनलाई सुविधानगरबाट पक्राउ गरेको थियो। पछि आवश्यक प्रक्रिया पूरा गर्दै हाजिरी जमानीमा रिहा गरिएको प्रहरीले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया