काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय का मन्त्री दीपक खड्का श्रेष्ठ ले मन्त्रालय र मातहतका निकायहरूमा प्लास्टिकजन्य सामग्रीको प्रयोग बन्द गर्न निर्देशन दिनुभएको छ।
मन्त्री श्रेष्ठले विशेषगरी प्लास्टिकका गिलास, बोतललगायत एक पटक मात्र प्रयोग हुने सामग्रीले वातावरणमा नकारात्मक असर पार्ने भएकाले यस्ता सामग्रीको प्रयोग रोक्न निर्देशन दिनुभएको हो। उहाँले वातावरणमैत्री विकल्प अपनाउन पनि जोड दिनुभयो।
सरकारी कार्यालयहरूले नै वातावरण संरक्षणमा उदाहरण प्रस्तुत गर्नुपर्ने उल्लेख गर्दै मन्त्री श्रेष्ठले दिगो र स्वच्छ वातावरणका लागि यस्तो कदम आवश्यक रहेको बताउनुभयो।
उक्त निर्देशनसँगै मन्त्रालय तथा सम्बन्धित निकायहरूमा कागज, काँच, स्टिल वा अन्य पुनःप्रयोग गर्न मिल्ने सामग्रीको प्रयोग बढ्ने अपेक्षा गरिएको छ। यसले प्लास्टिकजन्य फोहोर न्यूनीकरण गर्दै वातावरण संरक्षणमा सकारात्मक योगदान पुग्ने विश्वास मन्त्रालयले गरेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया