काठमाडौँ । नेकपा एमालेकी लुम्बिनी प्रदेश सभा सदस्य रेखा शर्मा लाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँ ले अनुमति दिएको छ।
उनीमाथि एक नाबालिकालाई घरमा राखी बालश्रम गराएको आरोप लागेको छ। यसअघि मुद्दा नचलाउने रायसहित तयार गरिएको फाइल जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँ बाट हुँदै उच्च सरकारी वकिल कार्यालयमार्फत महान्यायाधिवक्ताको कार्यालय मा पुगेको थियो।
प्रहरीले शर्मालाई सोमबार काठमाडौँको धुम्बाराहीस्थित निवासबाट पक्राउ गरेको हो। अब उनीमाथि थप अनुसन्धान प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया