रासस कार्यकारी अध्यक्ष धर्मेन्द्र झाको राजीनामा

120 Shares

काठमाडौं । राष्ट्रिय समाचार समिति का कार्यकारी अध्यक्ष धर्मेन्द्र झा ले राजीनामा दिएका छन्।

उनले डा. विक्रम तिमिल्सिना लाई भेटेर आफ्नो राजीनामा बुझाएका हुन्।

राजीनामापछि झा ले वर्तमान राजनीतिक अवस्थालाई स्वीकार गर्दै नवगठित सरकारलाई आफ्नो अनुकूलताअनुसार काम गर्न सहज होस् भन्ने मान्यताका साथ पदत्याग गरेको बताएका छन्। “हालको देशको परिवर्तित राजनीतिक परिवेशलाई मैले आत्मसात गरेको छु,” उनले भनेका छन्, “नवगठित सरकारले आफ्नो अनुकूलताका आधारमा कार्य सञ्चालन गर्नुपर्छ भन्ने मान्यता राख्छु।”