काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक को बन्दीप्रत्यक्षीकरण निवेदनमा सोमबार सर्वोच्च अदालत मा सुनुवाइ हुँदैछ।
गैरकानूनी रूपमा थुनामा राखिएको भन्दै तत्काल रिहाइको मागसहित आइतबार दायर गरिएको रिटमा सोमबारका लागि पेशी तोकिएको हो। पूर्वगृहमन्त्री लेखकका तर्फबाट यशोदा लेखक र पूर्वप्रधानमन्त्री ओलीका तर्फबाट राधिका शाक्यले निवेदन दर्ता गराएका थिए।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको घटनामा अनुसन्धानका लागि उनीहरू पक्राउ परेका हुन्। उक्त घटनामा भएको दमनबारे जाँचबुझ आयोगले उनीहरूविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो।
जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा वर्तमान सरकारले पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई गत शनिबार पक्राउ गरेको थियो। अब सर्वोच्च अदालतले उनीहरूको थुनाबारे के निर्णय गर्छ भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया