कानुनमन्त्री सोविता गौतमको निर्णय: बलात्कार पीडितलाई छिटो न्याय दिलाउन कानून संशोधन गरिने

156 Shares

काठमाडौं । नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम ले यौनजन्य तथा बलात्कार पीडितलाई छिटो न्याय दिलाउने उद्देश्यसहित कानून संशोधन गर्ने निर्णय गर्नुभएको छ।

शुक्रबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री गौतमले यससम्बन्धी कानूनी सुधारको प्रक्रिया अघि बढाउने निर्णय गर्नुभएको हो।

निर्णयअनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४, फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन २०७४ तथा मुलुकी देवानी संहिता २०७४ लगायत महिला तथा बालबालिका सम्बन्धी ऐनहरूमा आवश्यक सुधार गरी पीडितले छिटो न्याय पाउने व्यवस्था सुनिश्चित गर्ने तयारी गरिएको छ।

मन्त्री गौतमले यस्ता कानूनी सुधारका विषय पहिचान गरी आवश्यक संशोधन प्रक्रिया अघि बढाइने बताउनुभएको छ।