काठमाडौं । बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन् । रामचन्द्र पौडेल ले शीतलनिवासमा आयोजित विशेष समारोहमा उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
यसअघि राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (१) अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रूपमा शाहलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।
३६ वर्षीय शाह काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सहभागी भएका थिए । पहिलोपटक संसद् प्रवेश गरेसँगै उनी प्रधानमन्त्री बन्न सफल भएका हुन् ।
शपथसँगै शाहले आफ्नो कार्यकाल औपचारिक रूपमा सुरु गरेका छन् । नवगठित मन्त्रिपरिषद्का सदस्यहरूले पनि क्रमशः शपथ लिने कार्यक्रम रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया