सडकबाटै सरकार चलाउने कुलमान घिसिङको घोषणा, उज्यालो नेपाल पार्टीको सक्रियता बढ्ने

120 Shares

काठमाडौँमा उज्यालो नेपाल पार्टी का अध्यक्ष कुलमान घिसिङ ले सडकबाटै सरकार सञ्चालन गर्ने बताएका छन्।

बुधबार काठमाडौं मा आयोजित पार्टीको बागमती प्रदेशस्तरीय अगुवा भेलामा बोल्दै उनले मुलुकलाई समृद्धिको बाटोमा लैजान आफ्नो पार्टीले “सडकबाटै आम जनताको सरकार” को रूपमा काम गर्ने बताएका हुन्।

अध्यक्ष घिसिङका अनुसार राष्ट्रियता, विद्यमान समस्या समाधान र समृद्धि हासिल गर्न पार्टीले सडकबाटै सशक्त भूमिका निर्वाह गर्नेछ। उनले सरकारका राम्रा कामलाई समर्थन र खराब कामप्रति खबरदारी गर्ने प्रतिबद्धता पनि जनाए।

उनले उज्यालो नेपाल पार्टीलाई जनताको घरदैलोमा पुर्‍याउने र आगामी प्रदेश तथा स्थानीय तहको निर्वाचनमा सशक्त शक्तिका रूपमा स्थापित गर्ने दाबी गरे।

घिसिङले प्रतिनिधि सभा निर्वाचनमा समय अभावका कारण अपेक्षित सफलता हासिल गर्न नसकेको उल्लेख गर्दै अब संगठन विस्तारमा केन्द्रित हुने बताए। उनका अनुसार सातै प्रदेशमा भेला आयोजना गरी जिल्ला, पालिका र वडासम्म संगठन विस्तार गर्ने योजना रहेको छ।