काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै छ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्ने क्रम जारी रहनेछ ।
कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलाल ले हिजो धारणा राख्न बाँकी सदस्यहरूले आज आफ्ना विचार प्रस्तुत गर्ने जानकारी दिएका छन् ।
हिजोको बैठकमा पार्टी सभापति गगनकुमार थापा ले मन्तव्यसहित बैठकको शुरुआत गरेका थिए भने महामन्त्री प्रदीप पौडेल ले ११ बुँदे एजेण्डा प्रस्तुत गरेका थिए ।
उक्त एजेण्डामाथि हिजो २८ जना केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए । जसमा डा. गोपाल दहित, तारामान गुरुङ, मैकुलाल वाल्मिकी, अजयबाबु शिवाकोटी, भरतकुमार शाह, सुधीर शिवाकोटी, शम्भुलाल श्रेष्ठ, नरेन्द्रकुमार केरुङ, रेशमबहादुर बानियाँ, जीतनारायण श्रेष्ठ र रमेश धमलालगायतले आफ्नो विचार राखेका थिए ।
यसैगरी दिपनकुमार श्रेष्ठ, बसन्त भट्टराई, जनकराज गिरी, शम्भुबहादुर बुढाथोकी, तीर्थजंग शाही, टेकराज पौडेल, केशवराज शर्मा आचार्य, रामबहादुर कार्की, नारायणप्रसाद भट्टराई र शिवबहादुर सुनारले पनि धारणा राखिसकेका छन् ।
त्यस्तै सूर्यबहादुर वि.क., दिनेश सुनार, छन्दबहादुर पहराई, जगदीशचन्द्र उपाध्याय, रामपल्टन साह तथा प्रदेश सभापतिहरू—कृष्णप्रसाद यादव (मधेश) र ईन्द्रबहादुर बानियाँ (बागमती) ले पनि हिजो नै आ–आफ्नो धारणा प्रस्तुत गरिसकेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया