प्रधानमन्त्री कपमा दुई खेल जारी, बागमती र पुलिस ब्याटिङमा

142 Shares

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार दुई खेल जारी रहेका छन्।

तल्लो मुलपानी मैदानमा भइरहेको खेलमा बागमती प्रदेश र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा भइरहेको छ। गण्डकीले टस जितेर फिल्डिङ रोजेपछि बागमती प्रदेशले पहिले ब्याटिङ गरिरहेको छ।

त्यस्तै, मुलपानीमै जारी अर्को खेलमा नेपाल पुलिस क्लबएपिएफ क्लब बीच प्रतिस्पर्धा भइरहेको छ। विभागीय टोलीबीचको यस खेलमा एपिएफले टस जितेर फिल्डिङ रोजेपछि पुलिसले पहिले ब्याटिङ गरिरहेको छ।

प्रतियोगितामा सातवटै प्रदेश र तीन विभागीय टोलीको सहभागिता रहेको छ। खेलहरू काठमाडौंका मुलपानी र कीर्तिपुरसँगै बाहिरका वीरगञ्ज र जनकपुरमा पनि सञ्चालन भइरहेका छन्।