काठमाडौं । नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १२ हजार ५ सय रुपैयाँले घटेर २ लाख ८२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार प्रतितोला ४ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ४ हजार ५ सय ४० रुपैयाँमा झरेको छ, जुन प्रतितोला ३ सय ५५ रुपैयाँले कमी हो ।
महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ४ सय ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया