काठमाडौं — आज नेपालमा पनि विश्व पानी दिवस विविध जनचेतनामूलक कार्यक्रमका साथ मनाइएको छ। ‘लैङ्गिक समानताका लागि पानीको महत्वपूर्ण भूमिका’ भन्ने सन्देशका साथ दिवस मनाइएको हो। यस अवसरमा जलाधार संरक्षण, स्वच्छ खानेपानीको अभावले हुने रोग र पानीको महत्वबारे सर्वसाधारणमा सचेतना फैलाउने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरिएका छन्।
सन् १९९२ मा राष्ट्रसंघीय वातावरण तथा विकास महासभाले मार्च २२ लाई विश्व पानी दिवसका रूपमा घोषणा गरेपछि हरेक वर्ष यो दिवस मनाइँदै आएको छ। विश्वमा उपलब्ध पानीमध्ये करिब २.५ प्रतिशत मात्र पिउनयोग्य रहेको छ। जलवायु परिवर्तन, तापक्रम वृद्धि तथा तीव्र औद्योगिकीकरणका कारण पानीका स्रोतहरू क्रमशः सुक्दै गएका छन्।
यसै अवसरमा रामचन्द्र पौडेल ले शुभकामना सन्देश दिँदै खानेपानी व्यवस्थापनमा लैङ्गिक समानता, समानुपातिक सहभागिता र न्यायोचित पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया