पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई टीका नलगाउने

15 Shares

काठमाडाैं । पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको विजया दशमीमा सर्वसाधारणलाई टीका तथा जमरा नलगाउने बताउनुभएकाे छ ।

गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण जनधनको अपुरणीय क्षति भएका र असहज परिस्थिति सिर्जना भएकाले यस वर्षको विजया दशमीमा सर्वसाधारणलाई टीका नलगाउने बताउनुभएकाे हाे ।

सचिवालयको सूचनामार्फत यस वर्षको विजया दशमीका दिन सर्वसाधारणलाई टीका तथा जमरा प्रदान गर्ने कार्यक्रम नरहेको जानकारी गराएको हो।

‘भदौमा हिमपहिरोबाट आएको भीषण बाढी र यही असोजमा परेको अविरल वर्षाका कारण हजारौँ मानिस विस्थापित हुनुका साथै सयौँको दुखद निधन र ठूलो जनधनको अपूरणीय क्षति भएको यस असहज परिस्थितिलाई मध्यनजर गर्दै आफ्नो आस्था, मान्यता र मर्यादालाई कायम राख्दै यस वर्षको बडादसैँ पर्व सादगीपूर्वक मनाउने निधो गरेको छु सचिवालयले जनाएको छ।