नौरोजको अवसरमा पुटिनद्वारा ताजिकिस्तानलाई शुभकामना

142 Shares

एजेन्सी — भ्लादिमिर पुटिन ले ताजिकिस्तानका राष्ट्रपति इमोमाली रहमोन लाई नौरोज पर्वको अवसरमा शुभकामना सन्देश पठाएका छन्।

सन्देशमा पुटिनले रूसताजिकिस्तान बीचको रणनीतिक साझेदारी मध्य एसियाको सुरक्षा र स्थिरताका लागि आधारस्तम्भ भएको बताएका छन्।

ताजिकिस्तानको राष्ट्रपति कार्यालयको प्रेस सेवाले सार्वजनिक गरेको सन्देशमा पुटिनले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धले दुवै राष्ट्रको मौलिक हितलाई सम्बोधन गर्ने विश्वास व्यक्त गरेका छन्।

उनले ताजिकिस्तानका नागरिकहरूको समृद्धि र सुखको कामना गर्दै राष्ट्रपति रहमोनको सुस्वास्थ्य र सफलताको शुभेच्छा पनि प्रकट गरेका छन्।

यसअघि अक्टोबर २०२५ मा पुटिनको ताजिकिस्तान राजकीय भ्रमणका क्रममा दुई देशबीच १६ वटा नयाँ सहयोग सम्झौतामा हस्ताक्षर भएको थियो।

ताजिकिस्तानका विदेशमन्त्री सिरोजिद्दीन मुहरिद्दिन ले पनि रूससँगको गठबन्धन उच्च स्तरमा रहेको पुष्टि गरेका छन्।

पछिल्लो समय मध्य एसियामा बढ्दो सुरक्षा चुनौतीका बीच रूस–ताजिकिस्तान सम्बन्धलाई रणनीतिक रूपमा महत्वपूर्ण मानिँदै आएको छ।