देशभर हावाहुरी, असिना पानीसहित भारी वर्षा: जनजीवन प्रभावित

170 Shares

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर शुक्रबार हावाहुरी, चट्याङ र असिना पानीसहित भारी वर्षा भएको छ।

जल तथा मौसम विज्ञान विभाग का अनुसार पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले देशका विभिन्न भागमा मौसम अस्थिर बनेको हो।

शुक्रबार अपराह्न उपत्यकासहित चितवन, पोखरा, बुटवल, अर्घाखाँची, दाङ, ओखलढुंगाधनकुटा लगायत क्षेत्रमा असिना पानी परेको थियो।

अचानक आएको हावाहुरीका कारण दिउँसै अँध्यारो जस्तो वातावरण बनेको र जनजीवन अस्तव्यस्त भएको जनाइएको छ।

मौसम विभागले यसअघि नै दुई दिनदेखि देशका विभिन्न भागमा तीव्र हावाहुरी र असिना पानी पर्ने चेतावनी दिँदै सतर्कता अपनाउन आग्रह गरेको थियो।

वर्षाका कारण लामो समयदेखि बढेको वायु प्रदूषण केही कम भएको र खेतीबालीलाई राहत पुगेको बताइएको छ।

यसैबीच हावाहुरीका कारण आन्तरिक उडानहरू प्रभावित भएका छन् भने अन्तर्राष्ट्रिय उडानहरू समेत भारतबंगलादेश तर्फ डाइभर्ट गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ले जनाएको छ।