चीनले मल निर्यातमा कडाइ, पश्चिम एशियाको द्वन्द्वले विश्व बजारमा दबाब

129 Shares

एजेन्सी । चीन ले पश्चिम एशियामा जारी द्वन्द्वका कारण घरेलु बजार सुरक्षित राख्न रासायनिक मल (फर्टिलाइजर) निर्यातमा प्रतिबन्ध कडाइ गर्न थालेको छ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्स का अनुसार इरान सम्बन्धी युद्धले विश्व बजारमा दबाब बढिरहेका बेला चीनले यस्तो कदम चालेको हो।

बेइजिङले नाइट्रोजन–पोटासियम मिश्रित मल र केही फस्फेटयुक्त मलको निर्यातमा रोक लगाइसकेको छ। यसअघि लगाइएका प्रतिबन्ध र युरियामा लागू गरिएको कोटासँगै अहिले चीनबाट सीमित मात्रामा मात्रै मल निर्यात भइरहेको छ। हाल विशेषगरी अमोनियम सल्फेट जस्ता केही मल मात्र निर्यात भइरहेको जनाइएको छ।

यसका कारण गत वर्षको तुलनामा चीनको करिब आधादेखि तीन-चौथाइसम्म मल निर्यात प्रभावित हुन सक्ने अनुमान गरिएको छ, जुन करिब ४० मिलियन मेट्रिक टन बराबर हुन सक्छ।

चीन विश्वका प्रमुख मल निर्यातकर्तामध्ये एक हो। उसले गत वर्ष मात्रै १३ अर्ब डलरभन्दा बढी मूल्यको मल निर्यात गरेको थियो।