129
Shares
काठमाडौं । वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले प्रतिनिधि सभा सदस्य निर्वाचनपछि बनेको संघीय संसदको पहिलो अधिवेशन आह्वान गर्ने तयारी गरेको छ।
अधिवेशन आह्वानका लागि प्रधानमन्त्री कार्कीले शुक्रबार मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ। एक मन्त्रीका अनुसार अधिवेशन बोलाउने विषयमा निर्णय गर्न बैठक आह्वान गरिएको हो।
स्रोतका अनुसार चैत १६ गतेका लागि संघीय संसदको पहिलो अधिवेशन आह्वान गर्ने तयारी गरिएको छ। यसअघि अन्तरिम सरकारले अधिवेशन बोलाउने वा नयाँ सरकारले बोलाउने भन्ने विषयमा अन्योल रहेको थियो।
यसैबीच संघीय संसद सचिवालय लाई अनौपचारिक रूपमा चैत १६ गते अधिवेशन आह्वान हुने संकेत दिँदै आवश्यक तयारी गर्न भनिएको जनाइएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया