इरानमा सेना नपठाउने ट्रम्पको स्पष्टोक्ति, युद्धले विश्व अर्थतन्त्रमा असर

157 Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानमा सेना पठाउने कुनै पनि योजना नभएको बताएका छन्।

अमेरिकाइजरायलइरान बीचको तनाव चर्किँदै गएको अवस्थामा ह्वाइट हाउसमा जापानी प्रधानमन्त्री सानाए ताकाइची सँगको भेटका क्रममा ट्रम्पले यस्तो धारणा व्यक्त गरेका हुन्।

गत फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरानमाथि व्यापक आक्रमण सुरु गरेपछि क्षेत्रीय तनाव झन् बढेको छ।

उक्त द्वन्द्वका कारण विश्वव्यापी ढुवानी प्रणालीमा अवरोध उत्पन्न भएको छ भने कच्चा तेलको मूल्य समेत बढेको छ। यसले समग्र विश्व अर्थतन्त्रमा समेत असर पारिरहेको बताइएको छ।