130
Shares
एजेन्सी । नयाँ दिल्ली स्थित एक बहुतले भवनमा बुधबार भीषण आगलागी हुँदा ९ जनाको मृत्यु भएको छ ।
आगलागीमा परी अन्य ३ जना घाइते भएका छन् । पालम क्षेत्र नजिकै रहेको राम चोक बजारको चारतले भवनभित्रको कपडा तथा कस्मेटिक्स पसलबाट आगलागी सुरु भएको जनाइएको छ ।
अस्पतालमा १२ जनालाई लगिएकोमा ९ जनालाई मृत घोषणा गरिएको र ३ जना घाइते रहेको जानकारी दिइएको छ । वरिष्ठ प्रहरी अधिकारी अभिमन्यु पोसवाल का अनुसार मृतकमध्ये २ पुरुष, ४ महिला र ३ बालबालिका रहेका छन् ।
घटनाको कारणबारे फरेन्सिक र अपराध अनुसन्धान टोलीले छानबिन गरिरहेको र कानुनी प्रक्रिया सुरु गरिएको प्रहरीले जनाएको छ । उक्त भवनको दोस्रो र तेस्रो तल्ला आवासीय प्रयोजनका लागि प्रयोग हुँदै आएको बताइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया