इरान युद्धका लागि २०० अर्ब डलर माग, लेबनानमा इजरायली आक्रमणमा १६ को मृत्यु

146 Shares

एजेन्सी । पेन्टागन ले डोनाल्ड ट्रम्प प्रशासनसँग इरानविरुद्धको युद्धका लागि २ सय अर्ब अमेरिकी डलरभन्दा बढी बजेट स्वीकृत गर्न माग गरेको छ ।

द वाशिङ्टन पोस्ट का अनुसार उक्त रकम हालसम्म इरानमा भएका सैन्य अभियानको लागतभन्दा बढी हो । यस बजेटको उद्देश्य पहिले खर्च भएका आवश्यक हतियारहरूको उत्पादन तत्काल बढाउनु रहेको जनाइएको छ । ट्रम्प प्रशासनका काउन्टर–टेररिज्म सेन्टरका पूर्व निर्देशक जो केन्ट ले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी लाई मार्ने निर्णय गलत भएको बताएका छन् ।

यसैबीच, दक्षिणी लेबनानमा इजरायल द्वारा गरिएको हवाई आक्रमणमा ३ जना लेबनानी सैनिकसहित १६ जनाको मृत्यु भएको छ । सिडोन जिल्ला को अरब अल–जाल क्षेत्रमा आवासीय भवन पूर्ण रूपमा ध्वस्त भएको सिन्ह्वा समाचार संस्था ले जनाएको छ ।

लेबनानी आधिकारिक स्रोतका अनुसार उक्त आक्रमणमा दर्जनौं व्यक्ति घाइते भएका छन् । दक्षिणी लेबनानका विभिन्न क्षेत्रमा हाल पनि आक्रमण जारी रहेको बताइएको छ ।