इजरायलको दाबी: इरानका गुप्तचरमन्त्री खातिब मारिए, इरानको प्रतिक्रिया छैन

159 Shares

काठमडाैं । इजरायल कात्जले इरानका इन्टेलिजेन्स मिनिस्टर इस्माइल खातिब मारिएको दाबी गरेका छन्।

उनले गएराति खातिबलाई मारिएको दाबी गर्दै आफूहरूको कारबाहीमा उनी “समाप्त गरिएको” बताएका छन्। कात्जको भनाइ उद्धृत गर्दै बीबीसीअल जजिराले समाचार प्रकाशित गरेका छन्।

इजरायली सैन्य विश्लेषकहरूका अनुसार खातिब इरानका उच्च नेतृत्वसँग नजिक रहेका प्रभावशाली व्यक्ति थिए। उनी पूर्व राष्ट्रपति इब्राहिम रइसीद्वारा सन् २०२१ मा गुप्तचरमन्त्रीमा नियुक्त भएका थिए।

तर, इरानले इजरायलको यस दाबीबारे हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।

खातिबले विभिन्न इस्लामी धर्मगुरुसँग अध्ययन गरेका थिए, जसमा इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेई पनि समावेश छन्।

सन् २०२२ मा अमेरिकी वित्त मन्त्रालयले खातिबलाई अमेरिका र उसका सहयोगीविरुद्ध साइबर गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै प्रतिबन्ध लगाएको थियो।