सुनचाँदीको मूल्य ह्वात्तै घट्यो, सुन प्रतितोला २२०० रुपैयाँले सस्तो

152 Shares

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ।

मंगलबार प्रतितोला ४ सय रुपैयाँले बढेको सुनको मूल्य बुधबार भने प्रतितोला २ हजार २ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ३ लाख ७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार भने सुन प्रतितोला ३ लाख ९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। मंगलबार प्रतितोला ५ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार घटेर प्रतितोला ५ हजार १ सय ५० रुपैयाँमा झरेको छ। यो अघिल्लो दिनको तुलनामा प्रतितोला १ सय ८५ रुपैयाँले कम हो।

अन्तर्राष्ट्रिय बजारमा भने बुधबार सुनको मूल्य प्रतिऔंस ४ हजार ९ सय ८७ अमेरिकी डलर कायम रहेको महासंघले जनाएको छ।