अमेरिका–इजरायल–इरान द्वन्द्व १८औँ दिनमा, आक्रमण अझै तीव्र

159 Shares

एजेन्सी । अमेरिकाइजरायलइरानबीचको त्रिदेशीय द्वन्द्व १८औँ दिनमा पनि जारी रहेको छ।

अमेरिकी र इजरायली अधिकारीहरूले इरानविरुद्ध लामो समयसम्म आक्रमण जारी राख्ने प्रतिबद्धता जनाएका छन्। यता तेहरानले बेन्जामिन नेतन्याहूको हत्या गर्ने चेतावनी दिएको बताइएको छ।

गिदोन सारले लक्ष्य पूरा नभएसम्म इरानविरुद्धको अभियान नरोकिने र यसमा इजरायल र अमेरिकाको साझा प्रतिबद्धता रहेको उल्लेख गर्नुभएको छ।

इजरायली सेनाले जारी गरेको विज्ञप्तिअनुसार पश्चिमी तथा मध्य इरानका २ सयभन्दा बढी लक्ष्यहरूमा आक्रमण गरिएको जनाएको छ।