140
Shares
काठमाडौं ।
राष्ट्रिय लिग फुटबलमा एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ।
दशरथ रंगशालामा बिहीबार राति भएको खेलमा एपीएफले आर्मीलाई १–० गोलले हराउँदै शीर्षस्थानमा उक्लिएको हो। यो जितसँगै एपीएफले १० खेलबाट २४ अंक बनाएको छ। २२ अंक रहेको मछिन्द्र क्लब दोस्रो स्थानमा झरेको छ भने १० खेलमा २० अंक रहेको आर्मी तेस्रो स्थानमा यथावत छ।
एपीएफको जितमा सबिन गुरुङले निर्णायक गोल गरे। उनले खेलको ७६औँ मिनेटमा गोल गरेका थिए।
राष्ट्रिय लिगमा बिहीबार भएका अन्य खेलमा चर्च ब्वाइज युनाइटेडले काँक्रेबिहार क्लबलाई २–१ गोलले पराजित गरेको थियो। त्यस्तै संकटा क्लबले श्री भगवती क्लबलाई १–० गोलले हराएको हो।
फेसबुकबाट तपाईको प्रतिक्रिया