अमेरिका–इजरायलको हवाई आक्रमणमा इरानी नागरिकका मृत्यु र संरचना क्षति व्यापक

148 Shares

एजेन्सी । गत फेब्रुअरी २८ तारिख यता अमेरिका र इजरायलको संयुक्त हवाई आक्रमणमा परी इरानमा १ हजार ३ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको छ।

उक्त आक्रमणका कारण ९ हजार ६ सय ६९ भन्दा बढी नागरिक स्थलहरू ध्वस्त भएका छन्।

संयुक्त राष्ट्रसंघका लागि इरानका राजदूत तथा स्थायी प्रतिनिधि अमिर सइद इरावानीका अनुसार ध्वस्त भएका संरचनामा ७ हजार ९ सय ४३ आवासीय घर, १ हजार ६ सय १७ व्यावसायिक तथा सेवा केन्द्र, ३२ चिकित्सा तथा औषधि सुविधा, ६५ विद्यालय तथा शैक्षिक संस्था, १३ रेड क्रिसेन्ट भवन र ऊर्जा आपूर्ति सम्बन्धी धेरै संरचना समावेश छन्।

राजदूत इरावानीले नागरिक लक्ष्यहरूमा आक्रमण गरिएका धेरै उदाहरणहरू सूचीबद्ध गरेका छन् र यसले मानवीय संकटको गम्भीरता देखाएको बताएका छन्।