146
Shares
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य फेरि बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ३ लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार यो मूल्य प्रतितोला ३ लाख १७ हजार रुपैयाँ थियो। बुधबार सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेको हो, जबकि मंगलबार तीन हजार आठ सय रुपैयाँले वृद्धि भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य भने स्थिर रहेको छ। मंगलबार प्रतितोला ५ हजार ७२० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार पनि सोही मूल्यमा उपलब्ध छ।
अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस ५ हजार २४ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया