इरानमा अमेरिकाको हवाई आक्रमण तीव्र, इजरायलको पनि व्यापक आक्रमण

153 Shares

एजेन्सी । अमेरिकाले इरानमाथि थप सशक्त रूपमा हवाई आक्रमण गरेको जनाएको छ।

इजरायलले पनि इरान र लेबनानका विभिन्न निशानामा व्यापक आक्रमण गरेको बताइएको छ। अमेरिकी सेन्ट्रल कमान्डका अनुसार अमेरिकी सेनाले बारुदी सुरुङ बिछ्याउन प्रयोग हुने इरानका १६ वटा पानीजहाज ध्वस्त पारेको दाबी गरेको छ।

अमेरिकाले पछिल्लो समय ‘स्ट्रेट अफ हर्मुज’ क्षेत्रमा कुनै पनि प्रकारका धराप नराख्न इरानलाई चेतावनी दिँदै आएको छ।

उता इरानमा आन्तरिक प्रदर्शन चर्कने सम्भावना देखिएपछि त्यहाँका प्रहरी प्रमुखले सरकारविरुद्ध प्रदर्शन गर्ने सोच राख्ने जो–कोहीलाई शत्रुसरह व्यवहार गरिने चेतावनी दिएका छन्।

यसैबीच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सामाजिक सञ्जालमार्फत इरानको सत्ता परिवर्तनका लागि जनतालाई आह्वान गरेपछि इरानले त्यसप्रति कडा चेतावनी दिएको छ।