इजरायलले इरानबाट मिसाइल आक्रमणको पुष्टि, नागरिकलाई सुरक्षा निर्देशन

100 Shares

काठमाडौं। इजरायली रक्षा बल (IDF) ले बिहीबार दिउँसो इरानबाट इजरायलतर्फ मिसाइलहरूको ‘नयाँ लहर’ प्रहार भएको पुष्टि गरेको छ।

आफ्नो आधिकारिक टेलिग्राम च्यानलमार्फत जारी विज्ञप्तिमा आइडीएफले देशको हवाई रक्षा प्रणाली पूर्ण रूपमा सञ्चालनमा रहेको र शत्रुको खतरालाई आकाशमै नष्ट गर्न काम भइरहेको जनाएको छ।

आक्रमणका कारण इजरायलका विभिन्न शहरहरूमा साइरन बजाइएको र सर्वसाधारणहरूलाई सेल्टरमा जान निर्देशन दिइएको छ।

आईडीएफले इजरायली जनतालाई सुरक्षा निर्देशिकाहरूको पूर्ण पालना गर्न र जिम्मेवार भएर काम गर्न आग्रह गरेको छ।

विशेषज्ञहरूको अनुसार, इरानको यो पछिल्लो मिसाइल प्रहारले मध्यपूर्वमा जारी द्वन्द्व अझ भयावह मोडमा पुगेको संकेत दिएको छ।