पाकिस्तानी हवाई आक्रमणमा ११० अफगान नागरिकको मृत्यु, १२३ घाइते

63 Shares

एजेन्सी । पाकिस्तानी सेना ले गत फेब्रुअरी २१ देखि मार्च २ तारिखबीच अफगानिस्तान मा गरेको हवाई आक्रमणमा परी १ सय १० जना अफगान नागरिकको ज्यान गएको जनाइएको छ ।

आक्रमणमा १ सय २३ जना घाइते भएका छन् । अफगानिस्तानका उप–सरकारी प्रवक्ता हमदुल्लाह फितरतले घटनाबारे जानकारी दिँदै मानवीय क्षतिको अतिरिक्त ठूलो भौतिक क्षति पनि भएको बताएका छन् ।

उनका अनुसार ३ सय ५३ आवासीय घरहरू पूर्ण वा आंशिक रूपमा ध्वस्त भएका छन् । एउटा स्वास्थ्य केन्द्रमा क्षति पुगेको छ भने एक विद्यालय पनि प्रभावित भएको छ ।

हालैका दिनहरूमा अफगानिस्तान र पाकिस्तानबीच सैन्य तनाव बढ्दै गएको छ । दुई पक्षबीच पटक–पटक गोली हानाहान भएको अधिकारीहरूले बताएका छन् ।