काठमाडौं । ओखलढुंगाको सिद्धिचरण नगरपालिका-५ ढुंग्रेस्थित सिद्धिचरण लोकमार्गमा टिफर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
सोलुखुम्बुबाट मिर्चैयातर्फ जाँदै गरेको बा.प्र.०८-००१ ख ००८१ नम्बरको टिफर दुर्घटना हुँदा कटारी नगरपालिका–४ मरुवाखोलाका अन्दाजी २६ वर्षीय चालक युवराज खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
हिजो दिउँसो साढे ३ बजेतिर सोलुखुम्बु सदरमुकाम सल्लेरीबाट हिँडेको टिफर सडकबाट करिब ३ सय मिटर तल खसेर दुर्घटनामा परेको हो ।
दुर्घटना हिजो साँझतिर भएको अनुमान गरिए पनि आज मात्रै स्थानीयले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।







फेसबुकबाट तपाईको प्रतिक्रिया