काठमाडौं । साइप्रस सरकारले बुधबार बिहान लेबनानको आकाश नजिकै एउटा ‘शंकास्पद वस्तु’ फेला परेको जानकारी दिएको छ ।
सरकारी प्रवक्ताका अनुसार उक्त वस्तुको प्रकृति र सम्भावित खतराबारे अनुसन्धान गर्न पूर्वसावधानी स्वरूप आवश्यक सबै सुरक्षा उपाय अपनाइएको छ ।
समाचार एजेन्सी Reutersका अनुसार सुरक्षा सतर्कताका कारण लार्नाका अन्तर्राष्ट्रिय विमानस्थलको हवाई क्षेत्र पूर्ण रूपमा बन्द गरिएको छ ।
इरान र इजरायल–अमेरिकाबीच जारी युद्धका कारण यस क्षेत्रमा पहिलेदेखि नै तनाव उच्च रहेको बेला यो घटना भएको हो ।
विमानस्थल बन्द भएपछि दर्जनौँ उडानहरू रद्द भएका छन् भने एथेन्सबाट आएको एउटा यात्रुवाहक विमानलाई बीच बाटोबाटै फिर्ता पठाइएको जनाइएको छ ।
साइप्रसमा रहेका बेलायती सैन्य आधार शिविरहरूलाई लक्षित गरी केही दिनअघि मात्रै ड्रोन आक्रमण भएको सन्दर्भमा यो नयाँ शंकास्पद वस्तुले क्षेत्रीय सुरक्षा चुनौती थप बढाएको विश्लेषण गरिएको छ ।







फेसबुकबाट तपाईको प्रतिक्रिया