काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिफा विश्वकप २०२६ मा इरानको सहभागिताको विषयमा आफूलाई कुनै चासो नरहेको बताएका छन्।
मध्यपूर्वमा अमेरिकासहित North Americaका तीन राष्ट्र—अमेरिका, क्यानडा र मेक्सिको—मा आयोजना हुने विश्वकपमा इरानको सहभागिता पछिल्लो आक्रमण र तनावका कारण अन्योलमा परेको छ।
ट्रम्पले अमेरिकी अनलाइन पोलिटिकोसँग एक्सक्लुसिभ कुराकानीमा भने, “आई रियल्ली डन्ट केयर (मलाई वास्तवमै मतलब छैन)। मेरो विचारमा इरान एक धेरै नराम्रोसँग पराजित देश हो। उनीहरू साँच्चै थाकेका छन्।”
फिफा विश्वकप २०२६ सबैभन्दा ठूलो संस्करणको रूपमा, जुलाई ११ देखि १९ सम्म अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा आयोजना हुँदैछ। यसमा ४८ देशले प्रतिस्पर्धा गर्नेछन्। तर, एसियाली राष्ट्र इरानले छनोट चरण पार गरेर स्थान बनाएको भए पनि पछिल्लो घटनाक्रमले गर्दा यसको सहभागिता अन्योलमा छ। लगातार चौथो पटक विश्वकपमा छनोट भएको इरानको समूहमा न्युजिल्यान्ड, बेल्जियम र इजिप्ट रहेका छन्।
गत वर्ष अमेरिकाले इरानको न्युक्लियर क्षेत्रमा बम प्रहार गर्दा इरानले विश्वकपबारे कुनै निर्णय गरेको थिएन। तर हालैको आक्रमणपछि मेहदी ताजले इरानको विश्वकपमा सहभागितामा शंका व्यक्त गरेका छन्। उनले देशको खेलकुद शीर्ष अधिकारीले आगामी कदम तय गर्ने बताए।
FIFAले अहिलेसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन, तर महासचिव माटिएस ग्राफस्ट्रमले सबै टिमको सहभागितासहित सुरक्षित विश्वकप आयोजना गर्नेमा केन्द्रित रहेको प्रतिक्रिया दिएका छन्।







फेसबुकबाट तपाईको प्रतिक्रिया