स्ट्रेट अफ हर्मुज हुँदै आउने जहाज ध्वस्त पार्ने इरानको चेतावनी

50 Shares

काठमाडौं । इरान ले आफ्नो जलक्षेत्र ‘स्ट्रेट अफ हर्मुज’ हुँदै आउने जुनसुकै पानीजहाजलाई ध्वस्त पार्ने चेतावनी दिएको छ।

इरानको सुरक्षा फौज इस्लामिक रिभोलुस्नरी गार्ड कर्प्स (आईआरजीसी) का कमाण्डर–इन–चीफका सल्लाहकार इब्राहिम जब्बारीले सरकारी टेलिभिजनमार्फत बोल्दै यस्तो चेतावनी दिएका हुन्।

इरानले स्ट्रेट अफ हर्मुज बन्द गरिसकेको दाबी गर्दै बलजफ्ती प्रवेश गर्ने जो–कोहीलाई आगो लगाएर ध्वस्त पारिने जब्बारीको भनाइ छ। उनले अमेरिकीहरू यस क्षेत्रको तेलको तिर्खा मेट्न आएको आरोप लगाउँदै इरानले आवश्यक परे पाइपलाइनहरूमा प्रहार गर्ने र यस क्षेत्रबाट एक थोपा तेल पनि निर्यात हुन नदिने चेतावनी दिए।

स्ट्रेट अफ हर्मुज विश्वकै सबैभन्दा महत्वपूर्ण सामुद्रिक ढुवानी मार्गमध्ये एक हो। विश्वको कुल तेल तथा ग्यास आपूर्तिको करिब २० प्रतिशत हिस्सा यही मार्गबाट ढुवानी हुँदै आएको छ।