पाल्पा–१ का एमाले उम्मेदवार आचार्यलाई पितृशोक

146 Shares

नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट पाल्पा निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायणप्रसाद आचार्यलाई पितृशोक परेको छ।

आचार्यका पिता दिल्लीप्रसाद आचार्यको ९२ वर्षको उमेरमा आइतबार निधन भएको हो। स्वर्गीय दिल्लीप्रसाद आचार्यका पाँच छोरा र तीन छोरी छन्।

नारायणप्रसाद आचार्य पाल्पा–१ बाट दोस्रोपटक प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा छन्।