रामेछापमा निर्वाचन कर्मचारी सवार गाडी दुर्घटना, एक सुरक्षाकर्मीको मृत्यु

129 Shares

रामेछापरामेछापमा निर्वाचनमा खटिएका कर्मचारी सवार गाडी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार रामेछाप नगरपालिका–२ सिरुबारी भन्ने स्थानमा ना ७ ख ६७६८ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो।

जिप भिरबाट खस्दा एक जना सुरक्षाकर्मीको ज्यान गएको पुष्टि भएको छ। उक्त सवारीमा निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मी गरी करिब १०/११ जना सवार रहेको बताइएको छ।

दुर्घटनापछि उद्धार कार्य जारी रहेको र विस्तृत विवरण आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिएका छन्।